काभ्रे । जिल्लाकाे चौरीदेउराली गाउँपालिका वडानम्बर ७ टाडीगाँउमा मंगलबार सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएकाे छ ।
मध्यपहाडी लोकमार्गको साे सडक खण्डमा सडक ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुङ्गासहितको ढिस्को खसेर बा २ क २७९२ नं. को स्काभेटर पुरिएकाे थियाे ।
साे दुर्घटनामा रौतहट जिल्ला पौराही गाउँपालिका वडानम्बर ३ बस्ने बर्ष ४१ को दिलिप स्मालीको मृत्यु भएकाे हाे । स्काभेटरको क्याविनभित्र च्यापिन गई उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
