बनेपा । नेपाल प्रहरीले काभ्रेको बनेपाबाट २५५ राउण्ड गोली बरामद् गरेको छ ।
गत वर्ष भदौमा जेन्जी आन्दोलनका बेला प्रहरी चौकीबाट हराएका एसएलआरका २३१ राउण्ड गोली र थ्रिनटथ्रिका २४ राउण्ड गोली बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
ती गोलीहरु बनेपा नगरपालिका वडानम्बर ८ स्थित सडकको नालीमा बाकसमा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । उल्लेखित गोलीहरु हाल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
