काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।
बनेपास्थित महासंघको कार्यालयमा अध्यक्ष बिनोदकुमार न्यौपानेको अध्यक्षतामा बैठक बसेको हो । सो बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने निवर्तमान कार्यसमितिका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनासहितको कार्यसमिति, पूर्व अध्यक्ष भोजराज तिमल्सिनाको संयोजकत्वमा पूर्वअध्यक्ष महेशराज पौडेल र अधिवक्ता महेश कुँवर सदस्य रहेको निर्वाचन समिति, निर्वाचनमा खटिने प्रतिनिधी, प्राविधिक, स्वंयसेवक, सदस्यहरु, सुरक्षा निकाय, हल व्यवस्थापन गर्ने बनेपा पार्टी भेन्यू लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्न पूर्वअध्यक्षहरु भोजराज तिमिल्सना, ईश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना र बद्रिप्रसाद तिमल्सिना रहेको सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।
यसैगरि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले निर्णय गरेर अनुमोदनको लागि केन्द्रमा सिफारिस गरेका नयाँ सदस्यहरुको अभिलेख केन्द्रीय समिति र केन्द्रीय कार्यालयसँग माग गर्ने र नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको आगामी ३ बर्षे कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको शाखा सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *