रविगाउँ । असार १ र २ गते धुलिखेल नगरपालिका–२, रविओपीमा गाई–भैंसीको बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, क्ष्लतभचलबतष्यलब िीष्खभकतयअप च्भकभबचअज क्ष्लकतष्तगतभ ९क्ष्ीच्क्ष्० को सहकार्य तथा देउराली दुग्ध उत्पादन सहकारी संस्थाको समन्वयमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले करिब ३५ वटा गाई–भैंसीको स्वास्थ्य परीक्षण गरी बाँझोपनको समस्या पहिचान तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो ।
शिविरबाट स्थानीय पशुपालक कृषकहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । पशुहरूको प्रजनन क्षमता सुधार गर्दै दुग्ध उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
शिविरलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउनु हुने विशेषज्ञ चिकित्सकहरू डा. उमेश मण्डल र डा. आशीर्वाद पोख्रेलप्रति आयोजक तथा सहभागी कृषकहरूले विशेष धन्यवाद व्यक्त गरेका छन् ।
