तेमाल । तेमाल गाउँपालिका–स्थित पोखरीनारायण माध्यमिक विद्यालयमा छात्राहरूलाई लक्षित विद्यालयमा आधारित महिनावारी सरसफाइ गोष्ठी -दोस्रो ब्याच) सफलतापूर्वक सम्पन्न भएको छ ।

गोष्ठीमा किशोरीहरूलाई महिनावारी सम्बन्धी सही जानकारी, व्यक्तिगत सरसफाइ, मानसिक तथा शारीरिक स्वास्थ्य, सुरक्षित व्यवहार तथा आत्मविश्वास अभिवृद्धिका विषयमा अन्तरक्रियात्मक छलफल र जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना जिज्ञासा खुलारूपमा राखेका थिए, जसले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रममा महिनावारी कुनै रोग वा लाज मान्नुपर्ने विषय नभई महिलाको प्राकृतिक जैविक प्रक्रिया भएको उल्लेख गर्दै यसप्रति सही बुझाइ र सकारात्मक दृष्टिकोण विकास गर्न आवश्यक रहेकोमा जोड दिइएको थियो । सही जानकारी र व्यवहारले किशोरीहरूको स्वास्थ्य, आत्मसम्मान तथा शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वय गर्ने पोखरीनारायण माध्यमिक विद्यालय परिवार, सम्पूर्ण शिक्षक–शिक्षिका, तेमाल गाउँपालिका तथा सक्रियरूपमा सहभागी सबै विद्यार्थीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

त्यसैगरी, कार्यक्रम सञ्चालनका लागि आवश्यक क्ष्भ्ऋ -क्ष्लायचmबतष्यल, भ्मगअबतष्यल बलम ऋयmmगलष्अबतष्यल) सामग्री उपलब्ध गराई महत्वपूर्ण सहयोग पु¥याएको न्यिदब िब्अतष्यल ल्भउब िप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ । आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले किशोरीहरूमा महिनावारीप्रति सही ज्ञान, सकारात्मक सोच र आत्मविश्वासको विकास गर्दै स्वस्थ, सुरक्षित र सम्मानजनक जीवनयापनका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

विपद् रोकथाम तथा युवा परिचालनसम्बन्धी अभिमुखीकरण
तेमाल । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका र श्री त्रिनेत्रदल गण, भकुण्डेबेशीको संयुक्त आयोजनामा विपद् रोकथाम तथा युवा परिचालनसम्बन्धी अभिमुखीकरण बुधबार सम्पन्न भएको छ । कार्यक्रम तेमाल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका विपद् व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, श्री त्रिनेत्रदल गण भकुण्डेबेशीका प्रमुख सेनानी राममणि सापकोटा, विभिन्न वडाका अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, स्वास्थ्य संस्था तथा स्वास्थ्य इकाईका इन्चार्ज एवं स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वडा नं. १ देखि ९ सम्मका युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा श्री त्रिनेत्रदल गणका प्रमुख सेनानीले विपद् व्यवस्थापनका विषयमा सैद्धान्तिक प्रशिक्षण दिनुभएको थियो भने सहभागीहरूलाई प्रयोगात्मक अभ्यासमार्फत विपद्का बेला अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद् भएको समयमा सुरक्षित रहने उपाय तथा विपद्पछि गरिनुपर्ने उद्धार, राहत र पुनःस्थापनासम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।

स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र तथा युवाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरणमा समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *