भकुण्डेबेँसी । काभ्रेको नमोबुद्ध नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जनक माध्यमिक विद्यालय तथा नगरभित्रका उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ ।
क्भ्भ् २०८१ को नतिजाअनुसार नगरपालिकास्तरमा प्रथम स्थान हासिल गर्ने सफल श्रेष्ठ, द्वितीय हुने सोदिक्षा मैनाली र तृतीय हुने आकृति खनाललाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, क्भ्भ् २०८२ मा नगर प्रथम हुने उषा गौतम र तृतीय हुने सकिना लामालाई पनि नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
दुवै शैक्षिक सत्रमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको योगदानको कदर गर्दै जनक माध्यमिक विद्यालयलाई पनि उत्कृष्ट विद्यालयका रूपमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । शैक्षिक सत्र २०८१ को नतिजाका आधारमा वितरण गरिने पुरस्कार प्राविधिक कारणले यसअघि प्रदान हुन नसकेको र यस कार्यक्रममा एकसाथ वितरण गरिएको बताइएको छ ।
सम्मान कार्यक्रममा नगरप्रमुख कुनसाङ लामा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो । उहाँहरूले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नुभएको थियो ।
यस अवसरमा जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले विद्यालयको सफलतामा योगदान पु¥याउने शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि सबैको साझा मेहनत र समर्पणको परिणाम भएको बताउनुभयो । उहाँले सम्मानित सबै विद्यार्थी तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
