धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक मातहतका विभिन्न प्रहरी इकाईहरूले साउन ४ गते सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विविध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरूमा सम्बन्धित विषयमा जानकारी, छलफल तथा अन्तरक्रिया गरिएको थियो । सम्पन्न कार्यक्रमहरू यसप्रकार रहेका छन् ।

इलाका प्रहरी कार्यालय कार्तिके देउरालीमा ज्येष्ठ नागरिकसँग प्रहरी कार्यक्रम, प्रहरी चौकी खहरेपागुमा लागुऔषध दुव्र्यसन तथा नियन्त्रण सम्बन्धी सचेतना, प्रहरी चौकी तिमालवेशीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतना, प्रहरी चौकी फलाटेमा आत्महत्या न्यूनीकरण तथा रोकथामसम्बन्धी सचेतना र प्रहरी चौकी फोक्सिङटारमा साइबर अपराध तथा यसको रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयले यस्ता सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै समाजमा सुरक्षा सचेतना अभिवृद्धि, अपराध न्यूनीकरण तथा प्रहरी–समुदाय सम्बन्धलाई थप सुदृढ बनाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *