धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जे बजारबाट विक्षिप्त अवस्थामा रहेकी अन्दाजी २५ वर्षीया एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार राति करिब ९ः४५ बजे प्रहरी चौकी कटुन्जेबाट खटिएको प्रहरी टोलीले ती महिलाको उद्धार गरेको हो । उद्धारपछि रोशी गाउँपालिकासँग आवश्यक समन्वय गरी संरक्षण तथा सुरक्षित बसोबासको व्यवस्था मिलाउन उनलाई मानव कल्याण समाज, धुलिखेलमा पठाइएको प्रहरीले जनाएको छ ।

यस कार्यमा सहयोग पुर्याएको मानव कल्याण समाजप्रति प्रहरीले आभार व्यक्त गर्दै सहाराविहीन तथा बेवारिसे व्यक्तिहरूको संरक्षणमा संस्थाले पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको जनाएको छ ।

प्रहरीले सबै नागरिकलाई मानवता, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाका साथ यस्ता व्यक्तिहरूको संरक्षणमा साथ दिन आग्रह गरेको छ । साथै, मानव सेवाभन्दा ठूलो धर्म कुनै छैन, सेवा नै धर्म हो, सुरक्षा नै हाम्रो कर्तव्य भन्ने सन्देशसमेत दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *