काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिनुभएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपति पौडेललाई गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।

गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजास्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षकरुपमा सजाइएको छ।

कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *