पनौती । नेपाल रेडक्रस सोसाइटी, पनौती उपशाखाद्वारा आयोजना गरिएको जुनियर रेडक्रस सर्कल अभिमुखीकरण कार्यक्रम पनौती उपशाखाका अध्यक्ष राजु ताम्राकारको सभापतित्वमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उप सभापति तथा जुनियर तथा युवा समिति संयोजक पुष्पा खड्का, विशिष्ट अतिथि आदरणीय विश्वनाथ ताम्राकार (पूर्व मन्त्री), अतिथि विजयराम कर्माचार्य एवं पनौती नगरपालिका वडा नं ७ अन्तर्गत रहेका विभिन्न ५ विद्यालयका ५५ जना विद्यार्थी र ५ जना शिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी विद्यालयहरूलाई हेनरी ड्युनाको फोटोका साथै रेडक्रसको झण्डा हस्तान्तरण गरिएको थियो । त्यसै गरी सर्कलका विद्यार्थी भाइवहिनीहरूले कुनै पनि सर्कलका भाइबहिनाहरूलाई रेडक्रस सम्वन्धित कार्यक्रम गर्न उत्प्रेरित गर्नाका लागि कार्यक्रमको प्रतिवेदन उपशाखामा पेश गरेपश्चात १ कार्यक्रम बराबर रू १ हजार ५ सय उपशाखाले प्रदान गर्ने उपशाखाका सभापति राजु ताम्राकारज्यूले घोषणा गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन ने.रे.सो पनौती उपशाखाका सचिव मनोज कुमार श्रेष्ठले गर्नुभएको थियो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी वेला माहांकाल उप शाखाद्वारा बेला शहरी स्वास्थ केन्द्रलाई गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरि डिगनिटी किट २० झोला, झुल ५० थान र पानी सफा गर्ने औषधि १ प्याकेट अहेव शुसिला सेडाईलाई हस्तान्तरण गरिएको थियो ।
पाँचखाल – १०, वेला उपशाखाका संयोजक अर्जुन प्रसाद सापकोटा द्वारा हस्तान्तरित कार्येक्रम मा केदार प्रसाद सापकोटा, निल प्रसाद पराजुली, रोहित पूर्कोटी, अच्युत सापकोटा, स्वयम् सेविका संझना मिजार, बद्रि अधिकारि लगायतको उपस्थिति थियो ।
