बनेपा । जिल्ला सहकारी संघ लि., डिस्कोफ काभ्रेको शुक्रबार संघको सभा हलमा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समिती, सल्लाहकार, बिभिन्न उपसमिती र कर्मचारीहरुको सहभागितामा आ.व.२०८१÷०८२ को बार्षिक समिक्षा एवं आ.व.२०८२÷०८३ को नीति, योजना, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।
उतm कार्यक्रमको प्रमुख अतिथि पूर्व अध्यक्ष सोमप्रसाद हुमागाईंले दीप प्रज्जवलन गरी उद्घाटन गर्नुभएको थियो भने अध्यक्षता संघका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष शन्ति लामा तामाङले राख्नुभएको थियो ।
गत आर्थिक वर्ष संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा बित्तिय जानकारी सहित प्रगती बिवरण र चालु आ.व. को लागि नीति, योजना, कार्यक्रम तथा बजेटको जानकारी प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड र यसले पर्ने असहज परिस्थितको विषयमा व्यापक छलफल हुनुका साथै आ.व. २०८१÷०८२ असार मसान्तसम्मको हिसाब विवरण समेत प्रस्तुत गरिएको थियो । जसमा शेयर ३ करोड ५३ लाख ५९ हजार १ सय, जगेडा कोष २ करोड ८३ लाख १८ हजार ९ सय ६९ रुपैयाँ ५९ पैसा लगायत कुल कारोबार १ करोड ८३ लाख ५५ हजार ९ सय ५१ रुपैयाँ २४ पैसा रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
