सिन्धुपाल्चोक । गत कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सँगै रहेको धनलक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा सोमबार दिउँसोसम्म आठ लाख ३४ हजार एक सय एकाउन्न रुपैंयाँ संकलन भएको र सो रकम हस्तान्तरण गरिएको संघले जनाएको छ ।
उक्त रकममध्ये पचास हजार रुपैंयाँ धनलक्ष्मी ज्वेलर्सका प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैंयाँ अधिकारी फेन्सी स्टोरका प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानिँयाले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताललगायत पदाधिकारी, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *