काभ्रे । काभ्रे जिल्लाकै ठूलो मानिएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण सभा शनिबार भएको छ ।
सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ संचालक समितिका लागि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सार्वजनिक गरे पनि अध्यक्ष लगायत १२ पदमा निर्विरोध चयन गरिएको छ । खुल्ला संचालक सदस्य ८ पदका लागि २४ जनाको उम्मेदवारी परेको छ । अरु पद सर्वसम्वत भएका छन् ।
यस्तै संचालक समितिमा उम्मेदवारी दिएका १४ जनाको खारेजी भएको छ । संचालक र लेखा समिति २२ जनाका लागि ४० जनाको उम्मेदवारी दर्ता भएको थियो । १९ सदस्यीय संचालक र ३ सदस्यीय लेखा समिति हुनेछ । कारोवार र सदस्यका हिसाबले जिल्लाकै ठूलो सहकारीका रुपमा रहेको सामुदायिक बचत तथा ऋण सहकारीमा यसअघि प्रकाश बञ्जाराले संस्थाको नेतृत्व गरेका थिए ।
लगातार दुई कार्यकाल सर्वसम्वत अध्यक्ष भई संस्थागत विकास, सुशासन र पारदर्शिताका लागि उनी सफल भए । निर्वाचन बिथोल्न सहकारीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाए पनि संचालक समितिले त्यसको खण्डन गर्दै पदाधिकारीहरुमा सर्वसम्वत गराएको छ ।
निर्वाचन तालिका अनुसार मंसिर ११ गते उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ । जसअनुसार अध्यक्ष पदमा मुकुन्द शर्माको मात्रै उम्मेदवारी दर्ता भएको थियो । बरिष्ठ उपाध्यक्षमा सूर्य मानन्धर निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा भवानी थापा र देवलक्ष्मी स्याउलाले उम्मेदवारी दर्ता गरेको भए पनि स्याउलाको उम्मेदवारी निर्वाचन ऐन विपरित भएकाले खारेज भएको छ । सचिव पदमा सरोजकुमार तिमल्सिना निर्विरोध भएका छन् । कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भए भने संचालक सदस्यहरुको खुल्ला ८ पदका लागि २४ जनाको उम्मेदवारी परेको छ ।
यस्तै निर्विरोध हुने महिला सदस्यहरुमा संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुम्मिता नेपाली निर्विरोध भएकी छिन् भने लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भीमप्रसाद बञ्जारा निर्विरोध भएका छन् ।
संस्थाको ३०औं साधारण सभा पनौती मुख्य कार्यालय, कुशादेवी, बनेपा, नमोबुद्ध, पाँचखाल, बेथानचोक र उपत्यकाको काठमाडौंमा एकीकृत साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थामा कुल ५९ हजार ६ सय ७८ जना सदस्यबाट कुल शेयर ५२ करोड ३६ लाख ९८ हजार ९ सय, बचत ४ अर्ब ५० करोड ८ लाख ५ हजार ३३, ऋण लगानी ४ अर्ब ३५ करोड १६ लाख ९० हजार ४ सय ९०, कुल नाफा १२ करोड ३८ लाख ३७ हजार ४ सय ७० रहेको वार्षिक प्रगति प्रतिवेदन पुस्तिकामा उल्लेख गरिएको छ ।
पाँचखाल इकाईमा कोषाध्यक्ष सरोजकुमार तिमल्सिनाको सभापतित्व र पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको विशिष्ट अतिथि एवं उपप्रमुख सूर्यमाया दनुवार लगायत वडा अध्यक्षहरु र सुनकोशी खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछानेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बनेपा इकाईमा सचिव मुकुन्द शर्माको सभापतित्वमा नगर प्रमुख शान्तिरत्न शाक्य, वडा नं. ११ का वडाध्यक्ष चन्द्रबहादुर खड्का र वडा नं. १२ का वडाध्यक्ष रामबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसैगरी महेन्द्रज्योती सेवा केन्द्रमा प्रतिवेदन प्रस्तुत रामप्रसाद तिमल्सिना, सचिव मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । पनौती–नमोबुद्ध इकाईको सभाध्यक्ष वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरको अध्यक्षमा वडा अध्यक्षहरु, क्लष्टर प्रमुख कुमार शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।
उपत्यका इकाईको साधारण सभामा बुढानिलकण्ठका पूर्व नगर प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख सुमित्रा पाण्डे, वडा नं. ५ का वडा अध्यक्ष दिलकुमारी विक, वडा नं. ४ का नविन मैनाली, रामेश्वर पाण्डे, लेखा परीक्षण प्रतिवेदन रामेश्वर पाण्डेले व्यक्त गर्नुभएको थियो ।
कुशादेवी सेवा केन्द्रमा सञ्चालक सदस्य कौशलराज खड्काको सभापतित्वमा वडा अध्यक्ष पुरुषोत्तम कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी संघका कोषाध्यष शम्भुलाल श्रेष्ठ, सहकारी संघका पूर्व अध्यक्ष सोमप्रसाद हुमागाईं, कुशादेवी सेवा केन्द्रका संयोजक चित्रबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
