पनाैती । सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका बारेमा तयारी गर्नका लागि कार्यसमितिको बैठक बसेको छ ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी फागुनमा वार्षिकोत्सव गर्ने निर्णय गरेको छ । जसमा पनौती नगरपालिकाका मावि स्कुलको सहभागिता रहने गरि निबन्धलेखन प्रतियोगिता गरिनेबारेमा छलफल भयो ।
यस्तै विभिन्न क्षेत्रमा योगदान दिने ६ जना व्यक्तिलाई सम्मान तथा २ वटा संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने पनि निर्णय भएको छ । यसका लागि आवश्यक तयारी तिब्ररुपमा अघि बढाइने अध्यक्ष खड्काले बताउनुभयो ।
शुक्रबारको कार्यक्रममा साहित्यकार हरि मञ्जुश्री, पत्रकार प्रदीप केसी बञ्जारालगायत संस्थाका कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको थियो ।
