सिन्धुपाल्चोक । नेपाल गोजुरियो कराँते संघ प्रगति डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रीय सचिव सानुबाबु गिरी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षार्थीमध्ये एक जनालाई अरेन्ज, ५ जनालाई ब्राउन , ११ जनालाई पर्पल, ३ जनालाई ग्रीन, ७ जनालाई एल्लो बेल्ट र ३ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगति डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो ।
बेल्ट प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले अनुशासित र लगनशील भएर खेललाई निरन्तरता दिँदै आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म खेल्न सक्ने भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले विद्यालय, क्लबका पदाधिकारी तथा विभिन्न समूह र क्लासका टोली नेता तथा उपनेताहरुलाई बधाईसमेत ज्ञापन गर्नुभयो ।
कराँतेको सहजीकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल ऋषिराम नेपालले सञ्चालन गर्नुभएको थियो ।
