कुन्तावेसी । जिल्लाको पुरानो विद्यालय डेडीथुम्का माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सम्मेलन आयोजना गरेको छ ।
श्री डेडीथुम्का फाउण्डेसन कार्य समितिको निर्णयअनुसार ०८२ जेष्ठ १५ गते यस विद्यालयमा अध्ययन गरेका “पूर्वविद्यार्थी सम्मेलन” गर्न लागिएको हो । सम्मेलनका लागि मूल आयोजक समिति तथा उपसमितिहरू गठन गरिएको प्रवक्ता बलराम सापकोटाले जानकारी दिनुभयो ।
फाउण्डेसनले २०३८ सालदेखि ०८१ सालसम्म डेडीथुम्का माविमा अध्ययन गरेका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराउने लक्ष्य लिएको छ । आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसका दिन मण्डनदेउपुर नगरपालिकाको सभाहलमा पूर्वविद्यार्थीहरुको सम्मेलन गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिनुभयो । फाउण्डेशनको आयोजनामा हुन लागेको पूर्वविद्यार्थी सम्मेलन र अग्रज सम्मान कार्यक्रमका लागि शिक्षासेवी कश्यपप्रसाद पौडेल संयोजक रहेको सम्मेलन समारोह मूल आयोजक समितिको गठन गरिएको छ ।
समितिको सदस्यसचिवमा राजन पराजुली रहनुभएको छ । सम्मेलनको प्रवक्ताको जिम्मेवारी बलराम सापकोटालाई दिइएको छ । समितिमा गोकुल गौतम, टोमप्रसाद सापकोटा, मिराकुमारी नेपाल सापकोटा, कृष्णकुमार श्रेष्ठ, रुक्मणी बरायली, मैया पौडेललगायत हुनुहुन्छ । समितिमा डेडीथुम्का माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ, प्रधानाध्यापक शिव पौडेल, क्याम्पस प्रमुख रामहरि खड्का लगायत हुनुहुन्छ ।
सम्मेलनको प्रचारप्रसार समितिको जिम्मेवारी अग्रज पत्रकार यदुनाथ गौतमलाई प्रदान गरिएको छ । यो समितिमा केशवराज पौडेल, नवराज बजगाईं, होमप्रसाद चौलागाईं, राम पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, प्रविन ढकाल, रोशन पौडेल र प्रदिप सापकोटा हुनुहुन्छ ।
अग्रज सम्मान समितिको संयोजकको जिम्मेवारी झलकप्रसाद पौडेललाई दिइएको छ । कार्यपत्र लेखन समितिको जिम्मेवारी गोकुल गौतमलाई प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *