नमोबुद्ध । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका पहिलो स्थानीय पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ ।
बुधबार पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्दै राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको जनाए ।
नगरप्रमुख लामाका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र मानवीय विकासको क्षेत्रमा नगरपालिका एक कदम अगाडि रहेको भन्दै पालिकालाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय रहेको बताए ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं समन्वय समिति प्रमुख दिपककुमार गौतमले नगर प्रमुख भण्डारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्दै नगरपालिकाले हरेक क्षेत्र विकाससँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमकितामा राखेर काम गरिरहेको र नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
काभ्रेका १३ वटै स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षकै पहिलो पालिका भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पारथमणि न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *