धुलिखेल । श्री जनचेतना युवा समुह धुलिखेल–८ बडालगाउँले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा गत जेठ ६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
उक्त वडामा अवस्थित श्री विनायक बाल आधारभूत विद्यालयका जेहेन्दार विद्यार्थी कक्षा–८ की छात्रा यशोदा केसी र कक्षा–५ का छात्र सबिन गौतम, श्री सरस्वती माविमा कक्षा–९ मा अध्ययनरत छात्र शक्ति वर्देवा र कक्षा–७ की छात्रा श्री तामाङलाई शैक्षिक समाग्री प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष उद्ववप्रसाद बडाल र पूर्बअध्यक्ष साधुराम बडालको आतिथ्यता रहेको थियो । शैक्षिक स्तरियता वृद्धिका लागि हरेक वर्ष संस्थाले जेहन्दार विद्यार्थीहरुलाई दिँदै आएको छात्रवृत्ति थप प्रभावकारी ढंगले प्रदान गर्ने संस्थाका सचिव नवराज बडालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *