मधुसुदन थापा
बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा शुक्रबार नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखामा अवलोकन भ्रमण गरेको छ ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति उर्मिला खड्का भण्डारीले नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापती सहित कार्यसमिति पदाधिकारीहरू, सदस्यहरू र कर्मचारीहरूलाई स्वागत गर्नुहुँदै रक्त सञ्चार सेवा तथा कार्यालय अवलोकन गराउनु भएको थियो भने दुवै जिल्ला शाखाका पदाधिकारीहरू र कर्मचारीहरूसँग छलफल, अन्तरक्रिया र अन्तर जिल्ला सिकाई आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।
नेरेसो कास्की जिल्ला शाखाको तर्फबाट कार्यक्रम अधिकृत नवराज भण्डारीले कास्की जिल्ला शाखाको गतिविधि सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । नेरेसो काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैलले सोसाइटीको वर्तमान अवस्थाका बारेमा चासो व्यक्त गर्दै कास्की शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा तथा विपद क्षेत्रमा गरेको कामको प्रशंसा समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *