काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैंयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार रुपैंयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैंयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५ रुपैंयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैंयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *