काठमाडाैं । लगातार दुई दिन उच्च अंकले घटेको सुनको मूल्य बुधबार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज १० रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार झण्डै १६ हजारले घटेको सुन मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो । सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि सुनको भाउ घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *