बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्षमाथिका जेष्ठ पुरुष सदस्यहरुलाई कुशेऔँशीको अवसरमा सम्मान गरिएको हो । महिला बिकास उपसमितिको संयाेजकत्व तथा संस्थाका अध्यक्ष नबिनभक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि कञ्चनचन्द्र बादेको प्रमुख अतिथ्यता, जिल्ला सहकारी संघ लि. का अध्यक्ष अमन पोटे श्रेष्ठको बिशेष आथित्यता रहेको थियो । साथै बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जेष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्मचार्यलगायतकाे आथित्यता रहेको थियो ।
कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्षमाथिका ११५ जना जेष्ठ पुरुष सदस्यलाई साकोसले सम्मान गरेको छ। साथै संस्थामा उत्कृष्ट बित्तीय कारोबारमार्फत संरक्षित पूँजी फिर्ता कोषबाट उच्चतम रकम प्राप्त गर्ने ३ जना जेष्ठ सदस्यहरुलाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नाला सेवाकेन्द्र प्रमुख नबिना श्रेष्ठले गर्नु भएको थियो भने उपस्थीत सम्पूर्णलाई अध्यक्ष नबिन भक्त बादे श्रेष्ठले स्वागत गर्नु भएको थियो । संस्थाले हरेक बर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशे औँशीको अवसरमा पिताहरुलाई र मातातिर्थ औँशीको अवसरमा आमाहरुलाई सम्मान गर्ने गरेको छ ।
कार्यक्रमको अवसरमा चण्डेश्वरी साकोस परिवारद्वारा संस्थाका पूर्व उपाध्यक्ष कञ्चनचन्द्र बादेले हालै मात्र बागमती प्रदेश सामाजिक बिकास मन्त्रीको पदभार गर्नुभएकोमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारी सम्पूर्णमार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरिएको थियो ।
