बनेपा । बुडाेल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ।
शनिबार संस्थाले ७५ वर्ष उमेर पूरा भएका २४० जना ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेकाे हाे ।
संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्र कार्यालयहरुमार्फत ब्लाङ्केट, रामनामी सल, सातु र नगद ३ सय रुपैंयाँ उपहारसहित सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयाे ।
कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घरघरमै पुगेर समेत सम्मान गरिएको थियाे । संस्थाले विगत २२ वर्षदेखि हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई विशेष कार्यक्रम आयोजना गरी सम्मान गर्दै आइरहेको छ ।
