खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–६ माझीटारकी गर्भवती सजिना गोलेलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ आफैं काँधमा बोकेर काठमाडौंको थापाथली अस्पतालसम्म पु¥याएका छन् ।
तीन दिनसम्म पेटमा शिशु नचलेपछि तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था आए पछि अध्यक्ष थिङले आफैं काँधमा स्ट्रेचर बोकेर करिब डेढ घण्टा पैदल हिँड्दै बिरामीलाई गाडी भएको स्थानसम्म ल्याई आफ्नै सवारीसाधन प्रयोग गरी हेटौंडा हुँदै काठमाडौंको थापाथली अस्पताल पु¥याएका हुन् ।
हाल गोलेको उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको अस्पताल जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *