बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई तथा कक्षा ११ मा भर्खरै प्रवेश गरेका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको थियो ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका, खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
विद्यालयका सहायक कलेज प्रमुख तथा सहायक प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिस्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरिएको थियो ।
