पाँचखाल । जेनजी आन्दोलनकारीबाट तोडफोड भएको काभ्रेपलाञ्चोकको पाँचखाल इलाका प्रहरी चौकीमा प्रहरीको अस्थायी बसोबास शुरु भएको छ ।
नेपाली कांग्रेस काभ्रे प्रदेश–२ (क) का सभापति हेमकुमार तामाङको सक्रियतामा अस्थायी बसोबासको व्यवस्था गरिएको हो । प्रहरीलाई लत्ताकपडा र बन्दोबस्तीका सामान उपलब्ध गराउँदै कार्यालय बसोबास गर्ने व्यवस्था मिलाइएको तामाङले बताउनुभयो ।
आन्दोलनकारीले तोडफोड गरेको प्रहरी चौकी सफा गरी अस्थायी बसोबास गर्न सक्ने बनाएका छौं । लामाले भन्नुभयो, “समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका हुन्छ । विषम परिस्थितीमा उच्च मनोबलका साथ काम गर्न हामी प्रहरी साथीहरुलाई आग्रह गर्छौं ।”
