पनौती । पनौतीका पुराना भित्ते चित्रसम्बन्धी तयार पारिएको पुस्तक सार्वजनिक हुने भएको छ ।
कात्तिक ५ गते दिउँसो एक बजे पनौती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पुस्तक बिमोचन हुन लागेको हो ।
एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेको ’पनौतीका भित्तेचित्र र यसको महत्व’ (wall Panting of Panauti and their context) नामको पुस्तक सार्वजनिक हुने फोटो पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएको हो । यसमा पनौतीका इतिहास झल्काउने चित्रहरुको बारेमा उल्लेख गरिएको बताइएको छ ।
