कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ५१ जना गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको छ ।
नगर अस्पताल र सम्बन्धित वडा स्थित स्वास्थ्य चौकीबाट उनीहरुले सेवा पाएका हुन् । संस्थागत ब्यवस्थापनका लागि सम्बन्धित संस्थाका फोकल पर्सन, नर्सिङ कर्मचारी लगायतको सहयोगमा उनीहरुलाई सो सेवा उपलब्ध गराइएको हो ।
यस्तो सेवा लिनेहरुमा वडा नम्बर १ बाट ५ जना, वडा नम्बर २ बाट १० जना, ३ बाट २ जना, वडा नम्बर ४ बाट ५ जना रहेका छन् । वडा नम्बर ५ र ७ मा कसैले पनि सेवा नलिए पनि वडा नम्बर ६ बाट ३ जना र ८ बाट ७ जनाले सेवा लिएका छन् ।
यस्तै वडा नम्बर ९ बाट २ जना, १० बाट १ जना, ११ बाट ६ जना र १२ बाट १० जना रहेको नगरपालिकाका स्वास्थ्य सेवा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *