विश्व उलक
खोपासी, पनौती नगरपालिका

बौद्घ जातकथा, स्थानिय किंबदन्ति तथा परापूर्वकाल देखी चलाइआएको सँस्कृती, सँस्कार अर्थात निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदीले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना उल्लेख गरिन्छ । करिव ६००० बर्ष पहिले करिव ५००० जनसंख्या बसोवास भएको पाञ्चाल नगरीमा दिर्घरथका सन्तती? महारथले राज्य गर्दथे ।

कार्तिक पूर्णिमा (शुक्ल पक्षको पूर्णिमा) हिन्दू र बौद्ध परम्परामा एक गहिरो अर्थ बोकेको, पवित्र र शुभ तिथि हो । यो दिनलाई केवल धार्मिक अनुष्ठान वा पर्व को रूपमा होइन, आत्मिक अनुशासन, ध्यान, र आत्म–जागरण को विशेष अवसरको रूपमा मनाइन्छ । यो दिनलाई केवल धार्मिक उत्सवको रूपमा मात्र होइन, आत्मशुद्धि, साधना र आध्यात्मिक उन्नति को अवसरको रूपमा मनाइन्छ । यो दिन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र, शुभ र पुण्यदायी मानिन्छ । शरद ऋतुको शुक्लपक्ष आकाशमा चन्द्रमा पूणर्तामा हुन्छ, त्यस क्षणमा मानवीय चेतना पनि पूणर्तातर्फ अग्रसर हुन सक्दछ । यो केवल खगोलीय घटना होइन, यो आत्माको प्रकाशपथ हो । यस्को उदाहरण नःम बुद्घ हुनुहुन्छ । परंपरागत चलि आएको पूर्णिमाको द्विप प्रज्वलनमा उर्जा थप्न नःम बुद्धको अभयदानलाई सम्मान दिन बिश्व बौद्घ समाज र हलिं नेवाः गुथीले समाजमा जागरण, करुणा र आत्मत्यागको भावना संस्मरण गर्न कार्तिक पूर्णिमाको लागी साँस्कृतिक शान्तिदिप पदयात्रा स्वयम्भूबाट हिरण्य गन्धमान पर्वतहुँदै पाञ्चाल दरवार कार्यक्रम तय गरिएकको छ ।

बौद्घ जातकथा, स्थानिय किंबदन्ति तथा परापूर्वकाल देखी चलाइआएको सँस्कृती, सँस्कार अर्थात निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदीले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना उल्लेख गरिन्छ । करिव ६००० बर्ष पहिले करिव ५००० जनसंख्या बसोवास भएको पाञ्चाल नगरीमा दिर्घरथका सन्तती? महारथले राज्य गर्दथे । एक बर्षको कात्र्तिक शुक्लपक्षका दिन हिरण्यगिरी गन्धमादन पर्वत (हाल कुसुमे सामुदायिक वन) मा राजा, रानी र तिन राजकुमारहरु महादेव, महाप्रसाद र माहासत्व साथमा दरवारका शिकारी दल सहित शिकार खेल्न निस्केका थिए । एउटा रुखको फेदीमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भरखर जन्मिएका पॉचवटा डमरुहरु जीवन मरणको दोसाँधमा रहेका देखे । राजकुमार माहासत्वको मनमा ती निरीह प्राणी प्रति करुणा जागेर आयो र हतियार एकातिर राखी, कपडा फुकालेर बघिनीको अगाडी लम्पसार परिदिए । बघिनी कमजोर भएर हो वा डरले राजकुमारलाई छोएनन् । भोकले अत्यन्त कमजोर भई बसेका सुत्केरी बघिनी र भर्खर जन्मेका उनका पाँचवटा डमरुहरुलाई माहासत्वले आफुसंग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु ख्वाउदै भोका प्राणीहरुको प्राण भर्न आफ्नो जीवन “अभयदान” गरि सहज उत्सर्ग हुदै बोधिसत्व प्राप्त गर्नुभयो । उहाँको बचेको हाडखोर लाई शाहीशिविरमा ल्याएर विधिविधान पूर्वक दफनाउने (गाडने) काम भयो । राजा सहितका दरवारिया शिकारी टोली फर्किए भने दरवार फर्किए । बिव्हल रानी र दुई राजकुमारहरु केही समय दरवारिया सुरक्षाका साथ केही समय त्यहि बसे ।

करिव ३५०० बर्ष पछाडी अर्थात आजभन्दा करिव २५०० बर्ष पहिले सिद्घार्थ गौतम बुद्घले स्वयंम्भू दर्शण गर्ने क्रममा उक्त युवराज महासत्वको समाधीमा एक महिना ध्यान गर्नुभथो । एकमहिने ध्यान पश्चता समाधीलाई तिन पटक परिक्रमा गरी नःम बुद्घ भनि ढोग्नुभयो । तत् पश्चात उक्त ढिस्कोको नाम नःम बुद्घ रहन गयो । त्यसै भएर होला क्रिश्चियनहरुले भ्याटीकन र मुस्लिमहरुले मक्कामा हज गर्न जस्तै विश्वका खासगरि नेपाल भन्दा पर भारत, भूटान, तिब्बत, चिन, ताईवान, मंगोलिया आदीका बौद्घमार्गीहरु बुधवार वा बिभित्र पूर्णेका दिनहरु र खासगरि कार्तिक पूर्णेको दिन धर्म तथा आफ्ना मृत सन्ततिको आत्मा शान्तिकोलागी युवराजले बोधिसत्व प्राप्त गरेको स्थान हिरण्य गन्धमान पर्वत र उनको जन्मस्थान पाञ्चाल नगरी दरवार, हालको भगवान डाँडामा द्विप प्रज्वलन गर्ने चलन बसालेका थिए ।

यस्ता महामानवको अभयदानको ईतिहास लाई जिवन्तता दिन तथा गौतम बुद्घ जस्ता महामानवहरुले दिनु भएका शान्तिका सन्देशहरुलाई ब्यापकता दिनुको साथमा यस्को मूल्य मान्यतामा बढावा दिन, सन २०१७ मा सांस्कृतिक चिन्तक विश्व उलक, आध्यात्मिक अगुवा नरेश प्रसाद मानन्धर, र शान्ति अभियन्ताहरू — देवा सैंजु, पाल्देन लामा, सुवर्ण श्रेष्ठ, राजाराम कर्माचार्य लगायत अन्यको सहभागिता “बिश्व साँस्कृतिक शान्ति पदयात्रा” नामक एक अनौपचारिक समिती बनेको थियो । यस पदयात्राले निम्नानुसार दुई लक्ष्यहरु रखेको छ । पहिलो लक्ष क) राजकुमार महासत्वको अभयदान (विलक्षण करुणा) को पुःन स्मरण गर्नु आधुनिक क्षेत्रमा आाएको अंङ्गप्रत्यारोन अभियानलाई ठूलो टेवा मिल्ने छ । यस्तै दोश्रो लक्ष ख) शान्तिको मूल्य मान्यतामा ग्राह््यता दिनु । आन्तरिक द्वण्द, बैमनष्यता तथा अन्तराषर््िट्रय द्वण्द, कचिंगल, हतियार द्वण्द र युद्घको बढदो माहोललाई केही मत्थर गर्नमा सहयोग मिल्नेछ ।

चारुमती बिहारका सम्मानित भिक्षु तपसीधम्म तथा अन्तराष्ट्रिय म्याराथुन धावक श्री बैकुण्ठ मानन्धरज्यूको मार्गदर्शनमा विश्व सांस्कृतिक साईकल ¥्याली मार्फत समितीले पुरानो मूल्यमान्यताहरूको अध्ययन, अनुसन्धान गर्ने उद्देश्य सहित अप्रिल २०१७ मा स्वयम्भू महाचैत्य देखि नमो बुद्ध स्तुपासम्म करिव १५० किलो मिटरको एक दिने यात्रा सम्पत्र गरियो ।

साईकल यात्राबाट हामीले थाहा पायौं कि गौतम बुद्धले स्वयम्भुको दर्शण क्रममा राजकुमार महासत्वको समाधीमा श्रद्धाञ्जली अर्पण गर्न वर्तमान नमो बुद्ध मन्दिरको क्षेत्र हिरण्य गन्धमान पर्वतको भ्रमण गर्नुभएको रहेछ । खोजखवर बाट किवमन्ति अनुसार स्वयम्भू बाट समाधी स्थलको यात्रा क्रममा, श्रीघ, थिमी, भक्तपुर, नाला, पञ्चाल (पनौती), इटे हुँदै आध्यात्मिक स्थानमा पुग्नुभएको रहेछ । ती किवदन्तिलाई आधार मानी बिकसित बौद्घ सम्पदा लच्क्षित निम्नानुसारको मार्ग बनाईयो; स्वयम्भू महाचैत्य – श्री घ – थहिटी बहा – जम बहा – कमल पोखरी – चारुमती – बौद्घनात – नगदेश बिहार – मुनी बिहार – धाग्पो शेड् रुबलिङ्ग गुम्बा – श्रृष्टिकान्त लोकेश्वर – ध्यानाकुटी बिहार – नःम बुद्घ द्योःछे – ईटे – नःम बुद्घ मन्दिर – नःम बुद्घ अभयदान क्षेत्र ।

सोही वर्ष २०१७ मा समितीले सेप्टेम्बर २१ देखि २३ सम्म मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको सम्मानमा आध्यात्मिक शान्ति द्वीप बोकेर तीन दिने विश्व सांस्कृतिक शान्ति पदयात्राको आयोजना ग¥यो । पदयात्रा आध्यात्मिक रूपमा महत्त्वपूर्ण मार्ग पछ्याउँदै स्वयम्भू महास्तुपबाट सुरु भएर श्री घ, थहिती बह, जाम बह, चारुमती बिहार र बौद्धनाथ स्तूप हुँदै नगदेश बिहारमा रात बिताएको थियो । दोस्रो दिन, यात्रा मुनि बिहार हुँदै जारी रह्यो, श्रष्टिकान्त लोकेश्वर हुँदै गयो र ध्यानकुटी बिहारमा अर्को रात बसियो। अन्तिम दिन, पदयात्रा पनौती नःम बुद्घ द्योःछे र इटे हुँदै अगाडि बढ्यो, अन्तत् नःम बुद्धको पवित्र गन्तव्यमा पुगेर कार्यक्रम सम्पत्र गरियो ।

यो तीन दिने पदयात्रा अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा हरेक वर्ष सेप्टेम्बर २१ देखि २३ सम्म आलोपालो नेतृत्वमा आयोजना हुँदै आएको छ । २०१९ देखि २०२२ सम्म, पदयात्राको नेतृत्व एजुकेशन फाउन्डेसन फर बुद्धिज्मले गरेको थियो । त्यसपछि २०२३ मा काभ्रे सेवा समाजले गरेको थियो । पदयात्राको सुरुवात सन २०१७ देखि नै विश्व बौद्ध धर्म समाजले सक्रिय रूपमा भाग लिइरहेको थियो । २०२४ मा, अन्तराष्ट्रिय शान्ति पर्यटनको प्राविधिक सहयोगमा हालिन नेवा गुठी र ज्यापु महागुठीको सहकार्यमा कार्यक्रमको परिवर्तित नाम “नेपाल शान्ति पदयात्रा” को साथ विश्व बौद्ध धर्म समाजले पदयात्राको नेतृत्व गरेको थियो । त्यस वर्ष भारत, चीन, थाइल्याण्ड, जापान, जर्मनी, संयुक्त अधिराज्य, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू सहित बलियो अन्तर्राष्ट्रिय सहभागिता राम्रो देखियो । अन्तर्राष्ट्रिय सहभागितालाई ध्यानमा राख्दै पहिलो दिनको रात नगदेशबाट मुनी बिहार भक्तपुरमा परिवर्तन गरिएको थियो । आगामी २०२५ संस्करण विश्व बौद्ध धर्म समाज र हालिन नेवा गुठीले ज्यापु महागुठीसँगको सहकार्यमा संयुक्त रूपमा आयोजना गर्दैछ । यस बर्षको यात्रा कार्तिक पुर्णे अर्थात राजकुमार महासत्वको निस्वार्थ कार्य मार्फत बोधिसत्व प्राप्त गरेको दिन पुग्नेगरि नोभेम्बर ३ देखि ५ सम्मको तिनदिने कार्यक्रम तय भएको छ । साथमा राजकुमार महासत्वको सम्झनामा नःम बुद्घको जन्मस्थान पाञ्चाल दरवार हालको भगवान डाँडा, पनौती नगरपालिकामा कार्यक्रम सम्पत्र गर्ने लक्ष राखिएको छ । यस वर्ष, गतबर्षको तुलनामा अझ धेरै अन्तर्राष्ट्रिय सहभागिताको अपेक्षा गरिएको छ, शान्तिको लागि यो अर्थपूर्ण यात्रामा आन्तरिक सहभागिताको पनि ठूलो अपेक्षा गरिएको छ ।
आध्यात्मिक र प्राकृतिक विरासतलाई ध्यानमा राख्दै यस नेपाल शान्ति पदयात्रालाई अर्थपूर्ण पर्यटकीय र तीर्थटनको रूपमा विकास गर्ने अपार सम्भावना छ । विचारशील योजनाको साथ, यो स्थल करुणा, अहिंसा र शान्तिमा विश्वव्यापी शिक्षालाई प्रवद्र्धन गर्न, ऐतिहासिक ज्ञानलाई आधुनिक मानवीय मूल्यहरूसँग जोड्ने अभियानको रूपमा काम गर्न सक्छ । प्राचीन किम्बदन्ति तथा बस्तुगत अभधारलाई वर्तमान नैतिक चुनौतीहरूसँग जोडेर, केवल ध्यान केन्द्र र पूजास्थल मात्र होइन, आन्तरिक शान्ति निर्माण मार्फत नैतिक प्रतिबिम्ब र अन्तरसांस्कृतिक संवादको लागि जीवन्त कक्षाकोठा पनि बन्न सक्छ । यो पहल संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू जो शान्ति निर्माण अभियानलाई सुदृढ पार्न कृयाशिल छन्, साथै नेपालका पर्यटन संस्थाहरू, नेपाल सरकारलाई जो पर्यटन बिकासमा हल्ला गर्दछन लाई सानो आधार हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *