धुलिखेल । गृह मन्त्रालयले विभिन्न जिल्लाका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई भक्तपुर सरुवा गरिएको छ । उहाँको ठाउँमा झापामा कार्यरत गोपालकुमार अधिकारीलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
काभ्रेबाट सरुवा हुनुभएका ढकाललाई मंगलबार बिदाइ तथा फेरि भेटौंला कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
