धुलिखेल । धुलिखेल नगरपालिका वडा नं १ स्थित बनेपादेखि देवीटार सडक खण्डमा बिहान बेलुकी जंगली जनावर हिंस्रक चितुवाले सवारीसाधन र मानिसलाई आक्रमण गरेका खबर आइरहेका छन् ।
यसअघि विशेषगरि साना सवारी साधनहरु अटोरिक्सा र मोटरसाइकल तथा पैदलयात्रीलाई पटक पटक आक्रमण गरेपछि स्थानीयहरुले जिल्ला वन कार्यालय काभ्रेमा खबर गरेका थिए । सो को जानकारी प्राप्त भए पश्चात वन कार्यालयले सो हिंस्रक जंगली जनावरलाई नियन्त्रण गर्नका लागि धुलिखेल नगरपालिका वडा नं १ को समन्वयमा सम्भावित क्षेत्रमा चारोसहितको खोर राखिएको छ ।
यसले हिंस्रक जंगली जनावरको नियन्त्रण गर्न सफल हुने वन कार्यालयले विश्वास गरेको छ ।
