काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको हो । बिहीबार सुन तोलाको १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *