काठमाडौँ । यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।

गत अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ ।

अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन् । त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए ।

यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *