काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मङ्सिर १४ गते (आइतबार)
दिउँसो देशभर आंशिक बदली रहने छ भने राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
