काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न भागबाट २१ जना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमायासमेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैंयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेशसमेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैंयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
