सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार विद्यालय पोशाक (सट, पाइन्ट) वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता, वडा सदस्य पूर्णबहादुर तामाङको विशेष आतिथ्यता र अन्य अतिथीहरुको उपस्थितीमा विद्यालय पोशाक वितरण गरिएको थियो । विद्यार्थीलाई साङ्ग क्षेलिङ गोन्पा पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ नौलिङ्ग , ओख्रेनीका संस्थापक लोपोन पेमा रिन्क्षेनको आर्थिक सहयोगमा पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले क्यौलेठाना आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन आफ्नो तहबाट सबै सहयोग हुने बताउँदै शिक्षण सिकाईलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । यस विद्यालयमा प्रचुर सम्भावना रहेको र सबै बालबालिका जनजाति रहेकाले यस समुदायको उत्थान गर्नु आजको आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *