कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ ।

आइतबार जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, नगरपालिका प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाललगायत वडाध्यक्षहरुको रोहवरमा सो वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो ।

नगरपालिकाका १२ वटा वडाहरु मध्ये यो वडा बालमैत्री स्थानीय शासन लागू भएको पहिलो वडा हो । यसका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको प्रमुख अतिथी गौतमले बताउनुभयो ।

नगरपालिकाको १७ औँ नगर अधिवेशनले पहिलो बालमैत्री वडा घोषण गर्ने वडालाई दिइने भनिएको ५ लाख नगद पुरस्कारसहित यो वडालाई सम्मान पनि गरिएको छ । यो अभियानमा साथ दिनुहुने सबैलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *