काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ । आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिएको बताए ।

अब सभापति थापा नेतृत्वको कांग्रेसले रुख चुनाव चिन्ह र चार तारे झण्डासमेत पाउने भएको छ भने देउवाले यसको स्वामित्व गुमाएका छन् । यता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने शुक्रबार पत्रकारसम्मेलन गर्दै आधिकारिकता नपाएमा आफूहरू देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको थियो ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *