“युवाहरुको प्रतिबद्धता, नवप्रवद्र्धनबाट मानविय सेवामा विशिष्टता”
जगन्नाथ गिरी
धुलिखेल–४, काभ्रे
विश्व रेडक्रसका संस्थापक पिता भनेर चिनिने स्वीटजरल्याण्डको जेनेभा निवासी सर जाँ हेनारी ड्यूनाज्यूको जन्म ८ मे १८२८ र मृत्यू १९१० मा भएको थियो । उहाँले २ पटक नोबेल पुरस्कार प्राप्त गरेको थियो । आजभन्दा १९७ वर्ष अगाडी ८२ बर्षको उमेरमा निधन भएको थियो । रेडक्रस एक लामो विरासत भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । सर जाँ हेनारी ड्युनाद्वारा स्थापना गरिएको यो सामाजिक संस्था हाल विश्वव्यापी बनेको छ । नेपालमा पनि यसका केन्द्रीय कार्यालय काठमाडौं पोष्ट बक्स २१७ देखि शाखा प्रशाखाहरु जिल्ला–जिल्लामा र गाउँ टोलसम्म विस्तार भइसकेका छन् । विशेषगरी युद्ध, गृहयुद्ध वा महामारीका समयमा प्रभावित मानिसलाई उद्धार, राहत, पुनःस्थापना र उपचारको पहुँच भएको स्थानसम्म पुरÞ्याउने काममा रेडक्रसको उल्लेख्य अहम् भूमिका हुने गर्दछ । यसका साथै प्राकृतिक प्रकोपमा परेका पीडितहरूका लागि, राहतको पहल रेडक्रसबाट हुने गर्दछ । यो एउटा विशुद्ध सामाजिक संस्था हो । युवा भविष्यका कर्णधार मात्र होइन, वर्तमानका संवाहक पनि हुन् । सम्बृद्ध मुलुकका परिकल्पना साकार पार्नका लागि युवाको भूमिका अपरिहार्य छ । समयलाई पूर्णरुपले सदुपयोग गर्दै निम्नलिखित १० बुँदे काभ्रेपलाञ्चोक घोषणापत्र प्रकाशित गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको आयोजना र नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको आतिथ्यता तथा युवा रेडक्रस सर्कल काठमाण्डौ विश्वविद्यालयको समन्वयमा बागमती प्रदेशको छैठौं जुनियर तथा युवा रेडक्रस शिविर सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । यस शिविरमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला शाखाहरुबाट सभापतिहरु लगाएत मन्त्रीज्यूहरु जिल्ला जुनियर तथा युवा रेडक्रस समिति संयोजक÷शिक्षक नायकहरु, नेरेसो केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक, केन्द्रीय जुनियर तथा युवा रेडक्रस विभागका निर्देशक तथा अधिकृतहरु, नेरेसो बागमती प्रर्देश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नेरेसो काभ्रेपलाञ्चोक जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, उपशाखा कार्यसमितिका पदाधिकारीहरु, विभिन्न रेडक्रस सर्कलका पदाधिकारी तथा सदस्यहरु, अन्य विभिन्न विद्यालयका छात्र छात्राहरु तथा आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको । यस शिविरको समुद्घाटन, प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्य मन्त्री माननीय श्री बहादुर सिंह लामा तामाङले दीप प्रज्वलन तथा जाँ हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरी गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश स्तरिय छैठौं जुनियर तथा युवा रेडक्रस शिविर सफलतापूर्वक सम्पन्न गर्न आतिथ्यता गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा तथा युवा सर्कल श्री काठमाडौं विश्वविद्यालय धुलिखेल लगायत यस कार्यक्रमलाई भव्यताका साथ सुसम्पन्न गर्न सहयोग गर्नुहुने नेरेसो केन्द्रीय जुनियर तथा युवा रेडक्रस विभाग, सबै जिल्ला शाखाहरु, काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तरर्गतका उपशाखाहरु, बनेपा नगरपालिका, वागमती प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको भव्यताका साथ सुसम्पन्न गर्न सहयोग गर्नुहुनु नेरेसो केन्द्रीय जुनियर तथा युवा रेडक्रस विभाग सबै जिल्ला शाखाहरु, काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गतका ३८ उपशाखाहरु र ६ वटा तदर्थ समिति, बनेपा नगरपालिका, बागमती प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय, वागमती प्रदेश नीति योजना आयोग, स्वयंसेवकहरु, विभिन्न विद्यालयहरु, सरकारी तथा गैरसरकारी निकायहरु एवम् सहजकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने ।
प्रतिबद्धताहरु ः
(१) बागमती प्रदेश अन्तर्गतका विभिन्न विद्यालय महाविद्यालयहरुमा गठित आधारभूत तह (जुनियर)÷युवा रेडक्रस सर्कलका शिक्षक नायकहरुसँगै जुनियर युवा सदस्यहरुलाई परिमार्जित जुयुरेस निर्देशिकाको बारेमा पर्याप्त अभिमुखिकरण दिने र उक्त कार्य आफ्नो क्षेत्रमा रहेका जिम्मेवार व्यक्तिबाट अनिवार्य निरन्तरता दिने तथा भए गरेका कार्य प्रगतिको अभिलेखिकरण गर्ने ।
(२) साईबर शिक्षा र डिजिटल सुरक्षा सम्बन्धी जुनियर ÷ युवा सर्कलका सदस्यहरुलाई उचित अभिमुखिकरण दिने र सर्कल सदस्यहरुको परिवार र समाजमा सचेतना अभिबृद्धि गर्न शब्दचित्र तथा डिजिटल आर्टद्वारा प्रस्तुतिकरणहरु साझा गर्ने ।
(३) बागमती प्रदेश अन्र्तगत जुनियर÷युवा रेडक्रस सर्कल गठन भएका सबै बिद्यालय ÷महाविद्यालयहरुमा रक्तदाता उत्प्रेरणा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, जुरेस सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुलाई रक्तदान गर्न प्रेरित गर्ने, युरेस सदस्यहरुले आफनो जन्मदिन तथा प्रत्येक ३ महिनामा नियमित रक्तदान गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने साथै एक घर एक नियमित रक्तदाता कार्यक्रम सञ्चालन गर्ने ।
(४) मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श नयाँ तर महत्वपुर्ण बिषय भएकोले यसको सम्बन्धमा केन्द्रीय कार्यालय तथा विज्ञ व्यक्तिहरुबाट जुयुरेसको सर्कल सदस्यहरुलाई अभिमुखिकरण दिने ब्यवस्थापन मिलाउने, MHPSS सेवा आवश्यक व्यक्तिहरुको पहिचान गरी विद्यालय नर्सको सहयोगमा उक्त सेवा उपलब्ध गराउने र Self Motivating & Self Confidence सम्बन्धी Life Skill & Sprint तालिम उपलब्ध गराउन पहल गर्ने ।
(५) रेडक्रसको हरेक तहहरुमा युवाहरुको समान पहुँच र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न पहल गर्ने ।
(६) आधारभूत तह (जुनियर) रेडक्रसका भाईबहिनीहरुले विद्यालय प्राङ्गण वा आफ्नो घरको करेसाबारीमा “स्वस्थ जिवन स्वच्छ वातावरण, रेडक्रस युवाबाट फलफुल बृक्षारोपण“ भन्ने अभियान सञ्चालन गर्ने, जसबाट जलवायु परिवर्तनमा सकारात्मक परिवर्तन गर्न सकियोस् र फलफुलमा आत्मनिर्भर बन्न सकियोस ।
(७) आधारभूत तह (जुनियर) रेडक्रसका सदस्यहरुलाई महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, पुन प्रयोग गर्न मिल्ने खालको प्याड बनाउने तालिम दिने साथै स्थानीय निकायहरुसग समन्वय गरी निःशुल्क प्याड उपलब्ध गराउन बहस पैरवी गर्ने ।
(८) वातावरण दिवस वा अन्य बिशेष दिन, पर्वहरुमा स्थानिय क्लब, पर्यटन व्यवसायी लगाएतका सरोकारवालाहरुसँग सहकार्य गरेर आ–आफ्नो क्षेत्र वरपरको धार्मिक स्थल, पोखरी, पैदल मार्ग तथा पर्यटकीय क्षेत्रहरुको सरसफाई गर्ने ।
(९) आधारभूत तह (जुनियर) युवा रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुको गठन, पूनर्गठन तथा क्षमता अभिवृद्धिका लागि युवा स्वयंसेवकहरु परिचालन गरी युवा विनिमय कार्यक्रम अगाडि बढाउने, आधारभूत तह (जुनियर) युवा रेडक्रसबाट भए गरेका कार्यहरुको अभिलेखीकरण र प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने ।
(१०) विपद्मा परेकाहरुलाई सहयोग गर्न एक आधारभूत तह (जुनियर) रेडक्रस रु. १० ।– अभियानलाई प्रभावकारी कार्यान्वयका लागि जोड दिने । धन्यवाद । जय रेडक्रस ।
(लेखक गिरी नेरेसो काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति सदस्य हुन् ।)
