सिन्धुपाल्चोक । मेलम्ची ७ दुवाचौरमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधी योङ स्टारले जितेको छ । बनकाली युवा समाज जुगल र योङ स्टार युवा क्लब दुवाचौरबिच भएको फाइनल खेलमा योङ स्टारले बनकाली युवा समाजलाई ३–१ को सेटमा हराउँदै योङ स्टारले उपाधि जितेको हो ।

नमुना युवा क्लबको आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नमुना युवा क्लब तेस्रो भएको छ भने इन्द्रावती गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा विजेता टोलीले १ लाख, दोस्रो हुने टोलीले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, मेलम्ची ७ का अध्यक्ष पासाङ दोङ लगायतले पुरस्कार वितरण गर्नुभएको खेल संयोजक कबिन वाइबाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *