जगन्नाथ गिरि
बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको पूर्व निर्धारित कार्यक्रम बमोजिम दुई दिवसीय अन्तर शाखा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल र मन्त्री राजु सिग्देलको नेतृत्वमा १६ सदस्यीय प्रतिनिधि मण्डलले यही वैशाख १३ र १४ गते नेरेसो धादिङ जिल्ला शाखा र नेरेसो नुवाकोट शाखाको अध्ययन, अवलोकन भ्रमण गरेको थियो । सोही अवसरमा धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङ र नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठ लगायत दुवै शाखाका कार्यसमितिका सबै सहयात्री, सहधर्मी, सहकर्मी, प्रेरणा, प्रोत्साहन र मार्गदर्शन गर्नुहुने नेतृत्वबाट रेडक्रसको बारेमा जानकारी दिइएको थियो ।
नेरेसोले कार्यसम्पादनको समीक्षा, प्रभावकारिता, सान्दर्भिकता र स्थायित्वको बारेमा जानकारी लिनुको साथै मायाको चिनो आदान प्रदान समेत गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *