पनौती । काभ्रे इङ्गलिस मावि पनौती नगरपालिका वडानम्बर ४ मा रहेको छ । विगत २८ वर्षदेखि यस विद्यालयले पनौतीमा मात्र नभएर जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा आफूलाई स्थापित गराउँदै आएको छ ।
विगत २३ वर्षयता विद्यालयले आफ्ना विद्यार्थीलाई एसएलसी र एसईईमा सहभागीता गराउँदै आएको छ । काभ्रे शिक्षा विकास अन्तर्गत एउटा शैक्षिक गुठीको रुपमा विसं. २०५५ सालदेखि संचालनमा आएको यस विद्यालयमा विगत १८ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ ।
म्यानेजमेन्ट संकायको अध्यापन भइरहेको यहाँ हाल करिब १२०० विद्यार्थीले अध्ययन गरिरहेका छन् । गुणस्तरिय शिक्षा यहाँको मुख्य विशेषता रहेको विद्यालयका प्रधानाध्यापक वसन्तराज नेपाल बताउनुहुन्छ ।
विसं. २०८२ सालको एसईईमा यस विद्यालयबाट ६५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा सबै विद्यार्थी उत्कृष्ट अंकका साथ उत्तीर्ण हुन सफल भएका छन् ।
विद्यालयमा व्यवहारिक शिक्षा लागू भएको छ । विद्यार्थीहरु पाठ्यपुस्तकको ज्ञानका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै दक्ष छन् । विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान पनि दिनुपर्छ भन्ने मान्यता बोकेकै कारण यहाँ विद्यार्थीको संख्या बढ्दै आइरहेको छ । यस विद्यालयमा लामो अनुभव लिएका शिक्षक÷शिक्षिकाहरुले अध्यापन गराउँदै आउनुभएको छ ।
विद्यार्थीहरुलाई कसरी अब्बल बनाउने भन्नेमा सधैं आफूहरुको ध्यान जाने गरेको प्रधानाध्यापक नेपालको भनाइ छ । पछिल्ला केही वर्षयता प्रतिस्पर्धात्मकरुपमा खुलेका थुप्रै विद्यालयहरुको भीडमा यस विद्यालयले आफूलाई फरक शैलीमा स्थापित गराएको छ ।
विद्यालयका विशेषताहरूः
१) कक्षा ११/१२ का विद्यार्थीहरुको निमित्त नेपाल आर्मी अन्तर्गतको NCC कक्षा
२) नाफारहित शैक्षिक गुठी
३) विद्यालयले कमाएको रकम विद्यालयकै स्तरोन्नतिमा खर्च हुने, ब्यक्तिगत दाबी नलाग्ने
४) हरेक बर्ष शतप्रतिशत नतिजा
५) खेलकुदमा पनि अब्बल, बाहिरी प्रतिस्पर्धाहरुमा उत्कृष्ट भइराख्ने
६) टिम इफर्टको उत्कृष्ट नमुना
७) कक्षा ११ मा गरिब तथा जेहेन्दारलाई छात्रवृत्तिको ब्यबस्था ।

