काभ्रे । भैरव रिसाल फाउन्डेशनबाट महाभारत गाउँपालिका वडा नं १ मा रहेको भैरव माविका बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि कपि र शिशाकलमसहित २४० वटा झोला वितरण गरिएको छ ।
बरिष्ठ पत्रकार एवं साहित्यकार भैरव रिसालकी छोरी एवं प्राध्यापक सुष्मा रिसाल सापकोटाले बुबाको स्मृतिमा भैरव रिसाल फाउन्डेशनबाट विद्यालयमा पुगेर झोला वितरण गर्नुभएको हो ।
उहाँले झोला तथा कपि, शिशाकलम वितरण गर्दै बुबाको स्मृतिमा विकट तथा दुर्गम स्थानमा झोला वितरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
गरिब जेहन्दार विद्यार्थीका लागि स्टेशनरीसहित झोला वितरण गर्न पाउँदा थप उर्जा मिलेको भन्दै उहाँले प्रत्येक बर्ष जस्तै काभ्रेको महाभारत गाउँपालिकासम्म आउन सहयोग गर्नु हुने विद्यालयका संस्थापक प्रधानाध्यापक खुबनाथ दुलाललाई पनि धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
फाउन्डेसनसँग विद्यालयका संस्थापक प्रधानाध्यापक दुलालले सहजीकरण गर्नुभएको थियो !
