श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका–५ श्रीखण्डपुर आफैंमा एउटा रमणीय स्थल हो । यहि ठाउँमा अवस्थित सेन्टलम एल्बम एकेडेमी स्थापना भएको आज २१ वर्ष भयो ।
०६२ सालमा स्थापित यस स्कूलले विगत दुई वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको छ । ०८२ सालको एसईई परीक्षामा यहाँबाट १७ जना विद्यार्थी सहभागी थिए । जसमा १५ जना उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् । उपयुक्त वातावरणले गर्दा यहाँ पछिल्ला दिनहरुमा विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको छ । बढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँ नयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विद्यालयका प्रशासनिक इन्चार्ज खगेन्द्रबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यहाँ हाल ५ सय ५० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै आफूहरुको ध्यान जाने गरेको भन्दै हमालले अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो ।
कक्षा ११ को नयाँ भर्ना शुरु भइसकेको र यो विद्यालयकै चौथो व्याच रहेको बताउँदै उहाँले एकपटक सेन्टलम एल्बम एकेडेमीमा भिजिटका लागि विद्यार्थी र अभिभावकलाई अनुरोध गर्नुभएको छ । निजी क्षेत्रका थुप्रै विद्यालयहरुको भीडमा छुट्टै विशेषता बोकेको यो विद्यालय एउटा भरपर्दो शैक्षिक गन्तव्य रहेकोमा कुनै शंका छैन ।

