बनेपा । रिच इट कन्सल्टेन्सीले काभ्रेको बनेपास्थित चारदोबाटोबाट सेवा प्रदान शुरू गरेको छ । बिहीबार कार्यालयको औपचारिक उद्घाटन भएको हो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो ।
यसअघि बनेपाको तीनदोबाटोबाट रिच इट कन्सल्टेन्सीले सेवा दिँदै आएको थियो । कन्सल्टेन्सीका संचालक राम थापाका अनुसार कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले यहाँबाट सेवाबारे जानकारी लिन सक्नेछन् ।
कन्सल्टेन्सी गुणस्तरिय सेवा दिन सधैं तयार रहेको बताउँदै उहाँले यहाँबाट जापानिज भाषा फ्रि मा सिकाउने गरिएको जानकारी दिनुभयो । उहाँले यहाँबाट आयल्स, पिटी र जापानिज भाषा सिक्न र तयारी कक्षाका लागि सम्पर्क लिन सकिने बताउनुभयो । यस्तै जापान, अष्ट्रेलिया, युएसए, युके, न्युजिल्याण्डलगायतका देशमा जान इच्छुकहरूले पनि यहाँबाट एप्लाइ गर्न सकिनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कुनैबेला आफू पनि वैदेशिक रोजगारीमा रहेको बताउँदै पछिल्ला दिनहरूमा यस्ता कन्सल्टेन्सीहरूले दिएका सेवाले स्वदेशमा रोजगारीका लागि जानेहरूका लागि सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले विदेशमा कमाएको धन र शिक्षा स्वदेशमा लगानी गरि देशको अर्थतन्त्रमा योगदान दिनका लागि अनुरोध गर्नुभयो ।
वैद्यले रोजगारीका लागि विदेश गइरहेको ठूलो जनशक्ति रोक्नका लागि पनि अब कन्सल्टेन्सीहरूले ध्यान दिन जरूरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सम्बन्धित सरोकारवालाहरूका साथै संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *