बनेपा । काभ्रेको धुलिखेल नगरपालिका–१ मितिनछाप घोरसाईने टोल निवासी टिकाप्रसाद घोरसाईनेकी पत्नी नीरमाया घोरसाईनेमाथि लुटपाट भएको घटना सार्वजनिक भएको छ ।

प्राप्त जानकारीअनुसार सोमबार दिउँसो करिब ३ बजे बनेपा अटोपार्क हुँदै गणेशस्थानतर्फ जाने क्रममा अटोपार्क नजिकैको उकालोमा अज्ञात समूहले नीरमायालाई बेहोस बनाई लुटपाट गरेको बताइएको छ ।

लुटेराले नीरमायाको कानमा लगाएको एक जोर सुनको रिङ, एक थान तिलहरी, एक थान सिक्री गरी करिब ३ तोला बराबरको सुनका गरगहना तथा एक थान मोबाइल फोन लुटेर फरार भएको जनाइएको छ ।

घटनापछि बेहोस अवस्थामा फेला परेकी नीरमायाको तत्काल उद्धार गरी धुलिखेल अस्पताल पु¥याइएको थियो । हाल उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको अनुसन्धान भइरहेको बताइएको छ । नीरमायाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *