महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं. ७ आहालेबासपुरबाट अदुवा लोड गरी बनेपातर्फ आउँदै गरेको बा. ५ ख. ६०९२ नम्बरको सरोज माता गाडी दुर्घटनामा परेको छ ।
शनिबार बेलुका करिब ७ बजे महाभारत–७ ठूलोबाँस्पुरस्थित थोकरडाँडामा उक्त गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक ठैलेन्द्र लामिछाने र गाडीमा सवार सागर लुङेली सकुशल रहेको जानकारी वडा नं. ६ का अध्यक्ष रमेश लुङेलीले दिनुभएको छ ।
दुर्घटनाबाट मानवीय क्षति नभएको जनाइएको छ । दुर्घटनाको कारण र गाडीमा भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।
