रोशी । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले कबुलियती वन समूहका सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ । वन कार्यालयको आयोजनामा रोशी गाउँपालिका वडा नं. ६ र ८ तथा नमोबुद्ध नगरपालिका वडा नं. ३ र ५ अन्तर्गतका कबुलियती वन समूहका सदस्यहरूलाई कागती, एभोकाडो, सुन्तला, आँप, लिची तथा दाँते ओखरका बिरुवा वितरण गरिएको हो ।
वन क्षेत्रको संरक्षणसँगै समुदायको आर्थिक आयआर्जन वृद्धि गर्ने उद्देश्यले फलफूलजन्य बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममार्फत वन समूहका सदस्यहरूलाई व्यवसायिक फलफूल खेतीतर्फ आकर्षित गर्दै वनमा आधारित जीविकोपार्जनलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
स्थानीय किसान तथा कबुलियती वन समूहका सदस्यहरूले प्राप्त बिरुवाको उचित संरक्षण तथा व्यवस्थापन गरी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *