बनेपा । लागू औषधको दुरुपयोग, दुर्व्यसन तथा अवैध ओसारपसार नियन्त्रण गर्दै स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै व्यापक जनचेतना फैलाउने लक्ष्य लिएको छ।

अभियानमार्फत लागू औषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक दुष्प्रभावबारे जानकारी गराइने, लागू औषधसम्बन्धी प्रचलित कानुनी व्यवस्थाबारे सचेतना अभिवृद्धि गरिने तथा अवैध रूपमा लगाइएका लागू औषधजन्य वनस्पति नष्ट गर्न समुदायलाई प्रेरित गरिनेछ।

साथै, लागू औषधमुक्त, जिम्मेवार, अनुशासित र समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक, सरोकारवाला निकाय, शैक्षिक संस्था, अभिभावक तथा युवाको सक्रिय सहभागिता आवश्यक रहेको अभियानले जोड दिएको छ।

जनचेतना, कानुनको प्रभावकारी कार्यान्वयन र सामूहिक प्रयासबाट मात्र लागू औषधविरुद्धको अभियान सफल बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *