काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलमा २० रुपैयाँ, डिजेलमा ३० रुपैंयाँ, हवाइ इन्धनमा ४० रुपैंयाँ प्रतिलिटर र ग्यासमा १ सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि करिब २ महिनादेखि स्थिर भएको मूल्यमा अब पेट्रोलको नयाँ मूल्य १९७ रुपैंयाँ, डिजेल र मट्टितेलको १९५, हवाई इन्धनको २२९ र ग्याँसको मूल्य २ हजार ६० कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *